फेवा तालमा प्याराग्लाइडिङ खस्दा एककाे मृत्यु

रिपोर्ट नेपाल | 2019 Mar 03 | 11:59 am 2562

कास्की, फागुन १९ : पोखराको साराङकोटबाट उडेको एउटा प्यराग्लाइडिङ फेवा तालमा खस्दा एककाे मृत्यु भएकाे छ । बयालीस वर्षीया एडे–सिस जेडिआर नाम गरेकी रोमानियाली नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक कोमल शाहले जानकारी दिए ।

उनलाई फेवातालबाट मोटरबोटसहितको टोलीले उद्धार गरेको थियो । गम्भीर घाइते अवस्थामा उनलाई मेट्रोसिटी अस्पतालमा भर्ना गरिएपछि उपचारका क्रममा ११ः३० बजे मृत्यु भएको बताइएको छ । प्याराग्लाइडिङ अवतरण गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसक्दा सिधै तालमा खसेको बताइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.