फेवतालबाट दुई जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

| 2021 Aug 02 | 09:18 pm 1617

कास्की, साउन १८ः जिल्लाको पोखरा महानगरपालिका १८ स्थित रातोमाटा नजिकै फेवातालमा कायग सयर गर्ने क्रममा पल्टियर तालमा फसेका दुई जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

उक्त घटनाबारे जानकारी पाउनसाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी तत्कालै खटिई गई सो तालमा फसेका भक्तपुर घर भएका
२१ वर्षीय सुगम शर्मा र २१ वर्षीया वर्षा ढुङ्गानालाई सकुशल उद्वार गरेको हो ।

गाँजा बरामद
पर्सा जिल्लाको विरगंज महानगरपालिका १४ स्थित पिपराबाट सशस्त्र प्रहरीले करीव २१ के.जी. गाँजा बरामद गरेको छ ।मनहरीबाट विरगंजतर्फ जाँदै गरेको ना ३ ख ४२९७ नम्बरको ट्रकमा राखेर लैजाँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

त्यसवेला उक्त ट्रक समेत बरामद गरिएको छ । बरामद गाँँजा तथा ट्रक जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।

चोरीपैठारीको लत्ताकपडा बरामद
मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १५ दरैयास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करिब ३ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.