फेरी खस्यो पहिरो, नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

| 2023 Jul 01 | 10:15 am 845

काठमाडौँ, असार १६। माथिबाट पहिरो खस्दा नारायणगढ- मुग्लिन सडकखण्ड फेरी अवरुद्ध भएको छ। सुक्खा पहिरो खसेर बिहीबारदेखि अवरुद्ध नारायणगढ-मुग्लिङ सडकखण्ड २८ घन्टापछि शुक्रबार साँझ ५ बजे सञ्चालनमा आएको थियो ।

शनिबार बिहान ३ बजेतिर पुनः पहिरो खसेपछि अहिले बाटो अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। फेरि सोही ठाउँमा पहिरो खस्दा यात्रु समस्यामा परेका छन्। दैनिक हजारौँ सवारी साधन गुड्ने अति व्यस्त सडकमा सवारी आवागमन अवरुद्ध हुँदा यात्रुले सास्ती खेपेका छन्। अहिले यस सडक भएर गन्तव्यमा हिँडेका सवारी साधनको लामो लाइन छ।  प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ। (नागरिकबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.