फेरि बल्झियो सुस्तामा विवाद

रिपोर्ट नेपाल | 2018 Aug 26 | 08:38 am 1960

नवलपरासी, भदौ १०: पटक पटक विवादित सुस्ताको भूमिमा भारतीय पक्षले सडक निर्माण गर्न खोजेपछि फेरि विवाद सिर्जना भएको छ ।

भारतीय पक्षले सडक बनाउन खोजेपछि नेपाली पक्षले त्यो बाटो निर्माणमा रोक लगाउन खोजेपछि विवाद उत्पन्न भएको हो ।

पछिल्लो पटक सुस्ताको विवादित भूमिमा भारतीय पक्षबाट सडक बनाउन खोजिएको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाँले जानकारी दिए ।

भारतीय पक्षले विवादित भूमिमा सडक बिस्तार गर्न खोज्दा नेपाली पक्षले उक्त कार्य रोक्न खोजेपछि सुस्ता आउने सडकमा खाल्टो खनेर भारतीय पक्षले दुःख दिएका छन् ।

सुस्ता जानका लागि भारतीय भूमि भएर सुस्ता जानुपर्ने बाध्यता छ । नेपाली भूमि भएर सुस्ता जान नारायणी नदीमा डुङ्गाको प्रयोग गर्नुपर्ने भएकाले वर्षाभर जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्छ ।

यदि भारतीय भूमि भएर सुस्ता जान धैरै सजिलो मानिन्छ । यतिबेला भारतीय पक्षले त्यो सडकमा खाल्टो खनेपछि सुस्तावासीलाई भारतीय भूमि हुँदै नेपालतर्फ आउने र भारतीय भूमि देखि सुस्ता जानसमेत निकै समस्या छ ।

विवादित भूमिमा भारतीय पक्षले सडक बिस्तार गर्न खोज्दा अहिले सुस्तावासीलाई समस्या भएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

धेरै पटक सुस्ताको भूमिको विषयलाई लिएर नेपाल र भारत बीच विवाद उत्पन्न भएपछि २०६४ सालमा तत्कालीन रुपमा दुवै पक्षका उच्च अधिकारीहरुबीच सुस्ताको विवादित भूमिमा दुवै पक्षबाट सडक बिस्तार, खेती गर्ने लगायतका काम दुवै पक्षबाट नगर्ने सहमति भएको थियो ।

अहिले भारतीय पक्षले भारतीय सुरक्षाकर्मीको आडमा भारतीयहरुले विवादित भूमिमा सडक बिस्तार गर्न खोज्दा भारतीय पक्षबाट सहमति उल्लघन गर्न खोजिएको संविधानसभाका पूर्वसदस्य देवकरण कलवारले जानकारी दिए ।

यस विवादको बारेमा स्थानीय रुपमा तत्काल दुवै देशका सुरक्षाकर्मीहरुको सहजीकरणमा विवाद समस्या समाधान गर्न पहल गर्न लागिएको प्रजिअ देवेन्द्र लामिछानेले जानकारी दिएका छन् ।

नेपाल आउन भारतीय पक्षले सडकमा खाल्टो खनेपछि यातायातका सवारी साधन चल्ल सकेको छैन । वर्षाको समयमा नारायणी नदीमा डुङ्गाको प्रयोग गर्दा जोखिम पूर्ण यात्रा गर्न सुस्तावासी बाध्य छन् । सुस्ता गाउँमा करीव दुई हजार पाँच सय जनङ्सख्या रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.