काठमाडौं, कात्तिक २१: बुधबार घटेको सुनको मूल्य पुनः बिहीबार बढेको छ।
बिहीबार तोलामा ४ सयले बढेर ७० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिए।
तेजाबी सुन ७० हजार ३ सयमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदी ८ सय ५० रुपैयाँमा कारोबार भइरेहेको महासंघले बताए ।