फेरि बढ्यो सुनको भाउ

रिपोर्ट नेपाल | 2019 Nov 11 | 06:12 pm 2523

काठमाडौं, कार्तिक २५ : साताको दोस्रो दिन आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । शुक्रबार केही घटेको सुनको मूल्य आइतबार र सोमबार पुनः उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले वृद्धि भएको छ । महासङ्घले सोमबारका लागि छापावाल सुनको प्रतितोला रु ७१ हजार २०० निर्धारण गरेको छ । यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु २०० ले वृद्धि भई रु ७० हजार ९०० पुगेको छ ।

आज छापावाल सुन प्रतितोला रु ७१ हजारमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला रु ७० हजार ७०० मा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । चाँदी रु ५ ले वृद्धि भई प्रतितोला रु ८४५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.