काठमाडाैं, जेठ ८ः नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र ग्याँसको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलकाे १० रूपैया मूल्य वृद्धि गरेको हो ।
त्यसैगरी ग्यासको मूल्य बढाएर प्रतिसिलिन्डर २ सय बढाएर १ हजार ८ सय रुपैयाँ बनाएको छ । ग्यासकाे नयाँ मूल्य पनि आज राति १२ बजेदेखि लागू हुने बताइएकाे छ ।
निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।
