काठमाडौं, साउन १७ः फेरि पनि नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य २–२ रुपैयाँले बढाएको छ।
उक्त मूल्य शनिबार राति १२ बजेदेखि लागु हुने निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिए।
कच्चा तेलको मूल्य, डलरको विनियम दर तथा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त गरिद मूल्यमा समेत वृद्धि भएकाले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको उनले बताए।
पेट्रोलको मूल्य प्रतिलिटर १ सय ४ रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्य ९० रुपैयाँ काम गरिएको छ। हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ।