फेरि बढ्याे सुनचाँदीकाे मुल्य

| 2019 Aug 29 | 01:07 pm 1990

काठमाडौं, भदाै १२: बुधबार स्थिर रहेकाे सुनकाे मुल्य आज बढेको छ । बिहीबार बजारमा सुन ८ सय र चाँदी १५ रुपैयाँले बढेको हो ।

बिहीबार छापावाला सुन प्रतितोला ७३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ७३ हजार १ सय रुपैयाँमा कारोबार भएकाे जानकारी दिए ।

त्यसैगरी आज चाँदी १५ रुपैयाँले बढेर प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य नेपाली बजारमा अहिलेसम्मकाे सबै भन्दा उच्च  रहेर नयाँ रेकर्ड राखेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.