बाजुरा, वैशाख २ : बाजुरामा बिहानै भूकम्पको धक्का महसुस गरेको छ । छिमेकी जिल्ला बझाङको जयपृथीवीमा केन्द्रबिन्दु बनाएर सोमबार बिहान करिब ४ बजेर २७ मिनेट जाँदा ४.८ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार भूकम्पले जिल्लामा कुनै क्षति नभएको जानकारी दिए । मानिसहरु सुतिरहेको समयमा बिहान एक्कासि भूकम्प गएपछि बजारवासी त्रसित बनेका थिए । केहि स्थानीय आतिएर घरबाट बाहिर निस्किएका थिए ।