फेरि घट्‍यो डिजेल र पेट्रोलको मूल्य

| 2019 Jan 03 | 08:02 am 1672

काठमाडौं- इन्धनको मूल्य फेरि द्ई रुपैयाँ घटेको छ। नेपाल आयल निगमले विज्ञप्ती जारी गर्दै बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको जानकारी दिएको हो।

निगमले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो। स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन भएको निगमले जनाएको छ।

यसअघि निगमले पुस ३ मंगलबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटरमा दुई रूपैयाँले घटाएको थियो। इन्डियन आयल कर्पोरेसन (आईओसी)ले १७ डिसेम्बरमा पठाएको मूल्य घटेर आएकाले स्वचालित मूल्यअनुसार निगमले पनि घटाएको थियो।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गएको छ। अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल ६० डलरमा झरेको छ। आईओसीले प्रत्येक १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ। सोही मूल्यलाई आधार मानेर निगमले मूल्य समायोजन गर्ने गरेको छ ।

हवाई इन्धन आन्तरिक उडान तर्फ १० रुपैयाँ घटेर प्रतिलिटर १३३ रुपैयाँ कायम गरिएको छ भने खाना पकाउने ग्यासको मूल्य पनि यथावत (प्रतिसिलण्डर १४ सय ७० रुपैयाँ) राखिएको छ।

यसबीचमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुनः कमी आउनका साथै अमेरिकी डलरसँग नेपाली मूद्रा केही बलियो भएको कारणले पेट्रोलियम पदार्थको मूल्य घट्नमा सहयोग पुगेको प्रवक्ता विरेन्द्र गोइतको भनाइ छ। उनकाअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजनपश्चात् भारतको रक्सौल भन्दा नेपालको वीरगंजतर्फको सिमामा सस्तो छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.