फूलचोकी जंगलबाट तीनजनाको उद्धार

रिपोर्ट नेपाल | 2019 Jan 21 | 12:19 pm 2276

काठमाडौं, माघ ७ : गोदावरी नगरपालिकाको फूलचोकी जंगलमा हराएका तीनजना युवा युवतीको प्रहरीले सकुशल उद्धार गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक शेखर खनालका अनुसार आइतबार साँझ जंगलमा घुम्न गएका तीनजना हराएको सूचनाको आधारमा प्रहरी प्रभाग बाडेगाउँबाट प्रहरी निरीक्षक श्यामकुमार कटुवालको नेतृत्वमा गएको प्रहरीको टोलीले सकुशल उद्धार गर्न सफल भएको हो ।

त्यसरी जंगलमा हराउनेहरुमा नुवाकोट घर भई नयाँबजार काठमाडौं बस्ने १८ वर्षीया मल्लिका तामाङ, १७ वर्षीय मुस्कान तामाङ, महोत्तरी घर भई क्षेत्रपाटी बस्ने १९ वर्षीय अभिलेखप्रसाद साह रहेका छन् ।

प्रहरीले खोजतलास गर्ने क्रममा गोदावरी बसपार्कबाट अन्दाजी ९ किलो मिटर पूर्व दक्षिण फूलचोकी जंगलको बीच खोचबाट उद्धार गरेको हो । सकुशल फेला परेका तीनै जनालाई अभिभावकको जिम्मा लगाइएको प्रहरी उपरीक्षक खनालले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.