फुल्चोकी घुम्‍न जाँदा बाटो बिराएर अलपत्र परेका १६ जनाको सकुशल उद्धार

| 2019 Jan 13 | 02:25 pm 2230

काठमाडौँ, पुस २९ :  गोदावरी नगरपालिका फुल्चोकीमा अलपत्र परेका १६ जना किशोर–किशोरीलाई प्रहरीले उद्धार गरेको छ। फुल्चोकी जंगलको बीच खोँचबाट शनिबार साँँझ करिब पौने सात बजे उद्धार गरेको हो।

शनिबार घुम्न फुल्चोकी घुम्न जाँदा बाटो विराएर अलपत्र परेका १२ किशोर तथा ४ किशोरीलाई फेला पारी प्रहरीले सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको छ। प्रहरीको अनुसार खेजीका क्रममा उनीहरू गोदावरी बसपार्कबाट करिब दश किलोमिटर पूर्व फुल्चोकी जंगलको बीच खोँचमा सकुशल फेला परेका थिए ।

शनिबार साँझ ५ः३० बजे ललितपुर गोदावरी न।पा। वडा – ३, फुल्चोकीको जंगलमा घुम्न गएका १६ जना व्यक्तिहरू हराएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र बहादुर धानुक, प्रहरी उपरीक्षक शेखर खनाल, प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमरिया तथा महानगरीय प्रहरी वृत सातदोबाटो, महानगरीय प्रहरी प्रभाग बाडेगाउँ समेतबाट गरी ७ वटा छुट्टाछुट्टै टोली खोजी तथा उद्धारको लागि परिचालित भएका थिए।

उनीहरु हराएको सूचना पाएपछि हानगरीय प्रहरी परिसर ललितपुरबाट प्रहरी वरिष्ठ उपरीक्षक रबिन्द्र धानुकको नेतृत्वमा टोली परिचालित भएको थियो ।

प्रहरले उद्धार गरेकाहरुमा स्थाइ घर धनुषा भई हाल बानेश्वर शान्तिनगर काठमाडौं बस्ने ३४ वर्षीय व्रिज मोहन साह, १७ वर्षीय सुवास साह, १९ वर्षीय अभिशेक यादव, १९ वर्षीय ऋषि कुमार साह, मैतिदेवि बस्ने २० वर्षीय श्रीराम साह, शान्तिरनगर बस्ने २० वर्षीय करण साह र पुरानो वानेश्वर बस्ने २० वर्षीय सुवास साह रहेका छन् ।

त्यस्तै स्थाइ घर स्याङजा भई हाल कोटेश्वर काठमाडौं बस्ने २२ वर्षीया सपना गुरुङ, स्थाइ घर तनहु भई हाल बालाजु बस्ने २० वर्षीया श्रृजना भट्टराई, काठमाडौं बानेश्वरका २२ वर्षीय अविनभ सिंह ठकुरी, स्थाइ घर सिन्धुपाल्चोक भई हाल कोटेश्वर वस्ने २५ वर्षीय रोशन राना , स्थाइ घर दोलखा भई हाल कोटेश्वर बस्ने २२ वर्षीय रमेश पौडेल, स्थाइ घर मोरङ भई हाल कोटेश्वर बस्ने २२ वर्षीय संजोग घिमिरे, काठमाडौं बुढानिलकण्ठका २० वर्षीया अप्सरा खत्री , स्थाइ घर नुवाकोट भई हाल काठमाडौं कपन बस्ने २२ वर्षीया श्रेया थपलिया र स्थाइ घर धनुषा भई हाल पुरानो बानेश्वर बस्ने १९ वर्षीय सन्तोष कुमार साह रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.