चितवन,साउन ११ : चितवनको दारेचोक गाँउपालिका स्थित फिस्लिङमा बस दुर्घटना हुदाँ सात जनाको घटना स्थलमै मृत्यु भएको छ ।
ना ६ ख २५०६ नम्बरको यात्रुवाहक बसलाई ना ५ ख ७४०९ नम्बरको ट्रकले ठक्कर दिँदा बस त्रिशुलि नदिमा खसेको छ । दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन् । घाइतेलाई उपचारका लागि भरतपुर लगीएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत आउन बाँकी छ ।