फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना

रिपोर्ट नेपाल | 2022 Dec 14 | 07:45 am 1365

दोहा, मंसिर २८ः फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना प्रवेश गरेको छ । क्रोएसियालाई ३–० को सहज जितका साथ अर्जेन्टिनाले फाइनलमा पुगेको हो । अर्जेन्टिनाको जीतमा जुलियन अल्भारेजले २ र कप्तान लिओनेल मेस्सीले १ गोल गरे । पहिलो हाफमै २–० को अग्रतामा रहेको अर्जेन्टिनाले दोस्रो हाफमा गोल थप्दै जीत पक्का गरेको थियो ।

बुधबार बिहान कतारको लुसाइल रंगशालामा ​भएको सेमिफाइनल खेलमा मेस्सीले खेलको ३४ औं मिनेटमा पेनाल्टीमार्फत र जुलियनले ३९ र ६९ औं मिनेटमा गोल गरेर टीमलाई जित दिलाएका हुन् । अर्जेन्टिनाले अब बिहीबार बिहान हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ । दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दैछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.