फिफा वरियतामा नेपाल यथावत स्थानमा

रिपोर्ट नेपाल | 2019 Dec 19 | 06:25 pm 2111

काठमाडौं, पुस ३ : फिफा वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । विश्व फुटबल महासंघ (फिफा)ले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहदै एक सय ७० औं स्थानमा छ ।

गत महिना नेपाल तीन स्थान तल झरेको थियो । दक्षिण एसियाली देशको वरियतामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि भारत एक सय आठ र माल्दिभ्स एक सय ५५ औं स्थानमा छ ।

नेपाल भन्दा तल बंगलादेश एक सय ८७, भुटान एकसय ८९, पाकिस्तान दुई सय एक र श्रीलंका दुई सय पाँचा स्थानमा छ । विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङल्यान्ड चौंथो र उरुग्वे पाँचौ स्थानमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.