फिफा अवार्डमा मेसी र बोनमटी उत्कृष्ट

| 2024 Jan 16 | 09:16 am 1489

लन्डन, माघ २। लियोनल मेसी र ऐटाना बोनमटी मंगलबार फिफाको उत्कृष्ट खेलाडी २०२३ चुनिएका छन् । मेसीले फिफाको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेको यो तेस्रो पल्ट हो, तर यसपल्ट भने यो विवादास्पद रह्यो ।

 

म्यानचेस्टर सिटीका इर्लिङ हालान्डलाई उछिनेर मेसी अविश्वसनीय रूपमा विजेता रहे । कीर्तिमान आठ पल्टका बेलन डे’अर विजेता मेसीले पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर एमएलएस क्लब इन्टर मियामीमा गएर उल्लेखीय कुनै उपलब्धि हासिल गरेका थिएनन् ।

महिलातर्फ उत्कृष्टमा बोनमटीको चयन भने निर्विवाद रह्यो । उनले स्पेनलाई महिला विश्वकप उपाधि र बार्सिलोनालाई युरोपेली च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्ण योगदान गरेकी थिइन् । उनी पनि बेलन डे’अरकी विजेता हुन् ।

सिटीका पेप ग्वार्डिओला उत्कृष्ट प्रशिक्षक घोषित भए ।

(कान्तिपुरबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.