काठमााडौं, साउन ६: फाेनका माध्यमबाट जाे कसैलाई पनि गाली गलैज वा धम्की दिएमा कारबाहीकाे भागिदार बन्नु पर्ने भएकाे छ । सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जाल प्रयोगकार्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकार्ताका लागि पनि उस्तै कडा प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको हाे ।
दूरसञ्चार सेवाका माध्यमबाट कसैलाई गाली, धम्की वा दुःख दिए १५ लाखसम्म जरिवाना र एक वर्षसम्म जेल हुने प्रस्ताव गर्दै कानुनको मस्यौदा बनाइएको छ । आजको कान्तिपुर दैनिकमा प्रकाशित