‘फस्र्ट फ्लस’को चिया तयार

रिपोर्ट नेपाल | 2022 Mar 23 | 08:47 am 1729

इलाम, चैत ९ः चैत लागेसँगै इलामका चिया बगानमा ‘फस्र्ट फ्लस’ (पहिलो पटकको मुना) टिप्नका लागि तयार भइसकेको छ । उच्च गुणस्तरको मानिने फस्र्ट फ्लस कतै–कतै टिप्न पनि थालिएको छ । इलामको दक्षिणी क्षेत्र माई नगरपालिका र इलाम नगरपालिकाको सोयाकका चिया बगानबाट यो वर्षको पहिलो टिपाइ सुरु भएको हो ।

सोयाकको दुई सय रोपनी चिया बगान भाडामा लिएका जरवीरे चिया कारखानाका सञ्चालक शरद सुब्बाले दैनिक एक हजारदेखि एक हजार दुई सय किलोसम्म हरियो पत्ती आउन थालेको बताए । उनले भने, “अलि उच्च भागका बगानमा चिया टिप्न अझै केही समय लाग्छ । गत वर्षजस्तो चिया पलाएको छैन । तर, तल्लो क्षेत्रका बगानमा टिप्न सुरु गरियो ।  गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.