फर्निचर उद्योगमा भीषण आगलागी

रिपोर्ट नेपाल | 2021 Apr 11 | 08:16 am 2373

बागलुङ, चैत २९ः बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ। विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ।

गए राति २ बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन। फर्निचरमा रहेका सबै काठपात तथा तयारी सामग्री जलेका छन् ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र बागलुङ नगरपालिकाको दमकल प्रयोग भइरहेको छ । रातिदेखि शुरु भएको आगलागी आज बिहानसम्म नियन्त्रणमा नआएको हो। क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए। फर्निचरका सबै सामग्री जलेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.