पर्सा, माघ ३ : कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका–२ का ८८ वर्षीय मिश्री साह कानु रहेका छन् ।
साह २०५५ साउन २४ गते कर्तब्य गरी वारदात पश्चात फरार रहेका थिए । कानुलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनकै घरबाट फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका कानुलाई प्रहरीले आवश्यक कारवाहीको लागि जिल्ला अदालत पर्सा पठाएको छ ।