सर्लाही, फागुन १४ः ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बागमती नगरपालिका २ बस्ने बर्ष ४० का विजय चौधरी र बर्ष ३५ की सुनिता देवी चौधरी रहेकी छन् ।
कुटपिट मुद्दामा फरार उनीहरुलाई सम्मानित सर्लाही जिल्ला अदालतको लगत नं. २६५१ र १४५५ बमोजिम उनीहरुकै घर वतनबाट पक्राउ गरी नियमानुसारको जरिवाना असुलको लागि सम्मानित अदालत सर्लाहीमा दाखिला गराउन पठाईएको बताइएकाे छ ।