बर्दिया, फागुन ४ः जबरजस्ती करणी र लागूऔषध मुद्दाका फरार २ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बर्दिया मधुवन नगरपालिका -०५ का विकाश नेपाली (जबजस्ती करणी उद्योग) र बर्दिया गेरुवा गाउँपालिका –०५ हिक्मत शाही (लागूऔषध) मुद्दाका रहेका छन् ।
सम्मानित बर्दिया जिल्ला अदालत गुलरियाले मिति २०७३/०३/१२ गते जबजस्ती करणी उद्योग मुद्दामा नेपालीलाई ४ बर्ष ११ महिना १३ दिन कैद सजाय तोकिएको थियाे । त्यसैगरी २०७८/११/२७ गतेकाे लागूऔषध मुद्दामा शाहीलाई १ महिना १५ दिन कैद रू २ हजार जरिवाना फैसला गरेकाे थियाे ।
फैसला आदेशले सजाय तोकिएका फरार प्रतिवादी हरुलाई जिल्ला प्रहरी कार्यालय बर्दिया मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालत गुलरियामा पेश गरिएको प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बाेहराले बताए ।