फरार अभियुक्त ७ वर्ष पछि पक्राउ

रिपोर्ट नेपाल | 2019 Jun 22 | 11:22 pm 1982

बारा, असार ७:  जबरजस्ती करणी मुद्दामा फरार रहेका एक अभियुक्तलाई सात वर्ष पछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिमरा उपमहानगरपालिका वडा नम्बर २२ का मान बहादुर थिङले रहेका छन् ।

२०६९ मंसिर २९ गते साँझ जिल्ला बारा साविक गाविस अम्लेखगंज वडा नम्बर ९ वर्ष ८ की परिवर्तित नाम उमालाई जबरजस्ती करणी गरेका थिए ।

उक्त मुद्धा पश्चात फरार रहेका मान बहादुर थिङलाई काठमाडौंमा लुकीछिपी बसेको अवस्थामा यही असार ४ गते पक्राउ गरी जिल्ला अदालत बारामा ५ गते बिहीबार पेश गरिएकोमा ६ गते शुक्रबार अदालतको आदेशनुसार अभियुक्तलाई पुर्पक्षको लागि कारागार कार्यालय वीरगंज पर्सामा पठाईएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.