सप्तरी, मंसिर १२ : चोरी गरी फरार अभियुक्त लहान नगरपालिका-८ को ३० वर्षीया गिता मुसहरलाई सप्तरी सुरुङ्गा नगरपालिका ३ स्थित घौसी महुलियामा लुकिछिपि बसेको अवस्थामा मेड इन युएसए लेखेको सानो पेस्तोल १ थान, खोका ३ थान र खुकुरी १ थान सहित प्रहरी पक्राउ गरेको छ ।
लहान नगरपालिका-५ नँया बजारमा बस्ने रानीकुमारी सेखको घरमा काम गर्दै आएकी गिताले सोमबार उक्त घरबाट नगद ४ लाख ३० हजार तथा सुनको गहना समेत गरी करिब ५ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरी फरार भएकीले खोजी गर्ने क्रममा उक्त हतियार सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाए ।