ललितपुर, मंसिर २६ : विभिन्न अपराधिक क्रियाकलाप जवरजस्ती करणी, ज्यान मार्ने उद्योग र जवरजस्ती चोरी मुद्धामा फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत सातदोबाटो ललितपुरका प्रहरी नायब उपरीक्षक गौतम मिश्रको कमाण्डमा खटिएका प्रहरी टोलीले लुकीछिपी वसेको अवस्थामा आज बुधबार ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नम्बर १ गोदामचौरबाट अभियुक्तलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका वडा नम्बर १ का बर्ष ३२ को रघु सिलवाल रहेका छन् ।
्