फरक-फरक राष्ट्रवाद

| 2020 Jun 19 | 03:59 pm 2533

-त्रैलाेक्य प्रताप सेन

हुनै पर्ने कुरामा तँछाड मँछाड भैराछ अहिले ।

अब्बल राष्ट्रवादी हुँ-सबभन्दा मै पहिले ।।

एकथरी राष्ट्रवाद भुँडी ढाडीएकाे दमाहा मा छ ।

अर्काथरी राष्ट्रवाद खाली पेटकाे सारंगी मा छ,

दमाहा नेतृत्व हुन,नारा राष्ट्रवादकाे माैसम हेरी लाउँछन् ।।

सारंगी हुन् जनता, अभिभारा थाेपा स्वाससम्म निभाउँनछन् ।।।

सुम्पिन्छ जब सत्ता सारंगी राष्ट्रवादले दमाहालाई- रमाउँदै राष्ट्रियतामा ।

लिन्छ तब हुर्मत कठै ! दमाहाले सारंगीकाे- कमाउँदै राष्ट्रियतामा ।।

चढिरहेछन् बली कठैबरी सारंगी- लिम्पि-लिपु-कालापानीमा निरन्तर ।

रेटिन्छ घाँटी उता सुस्तामा सधै- कठै भन्ने त्यहाँ काे पाे छ र  ?

कति प्याराे हाे सारंगीलाई तैपनि, याे माटाेकाे सुगन्ध,

नाङ्गाे छाती लड्छ, दक्षिणका एस एस वि राईफलसँग ।

झुकिदिए शिर यस्साे दक्षिणतिर-पाउँथ्याे सबथाेक सुख बाँचुञ्जेल अपार ।

झुक्दैन तर उ किँचित अंह, पिएछ मदिरा राष्ट्रियताकाे-डुबुल्की मार्दैछ छचल्केकाे यसकै सराेवर ।।

बनिदिन्छ दानी, बेचिदिन्छ पानी, गरी सम्झाैता काली- कलम समाती चाेर औंलाले दमाहा भयंकर ।।।

त्यही चाेर औंला फेरि उठाउँछ दह्रो गरी उतै- बुझिनसक्नु लिला उसकाे कति बिघ्न चतुर  !!

हाेस् जे-जस्ताे र जसरी गुञ्जायमान भाे-सुवाणी राष्ट्रियताकाे अब नेपालमा ।

बेर नगराैं लगाऊँ टुँगाे वार कि पार-हसाउँ मुहार अब राेईरहेकी नेपालआमा ।।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.