फरक-फरक दुर्घटनामा तीन जनाको मृत्यु

रिपोर्ट नेपाल | 2018 Dec 23 | 08:31 am 1181

काठमाडौं, पुस ८ : देशभर विभिन्‍न ठाउँमा भएका दुर्घटनामा तीन जनाको ज्यान गएको छ। चितवनको इच्छाकामना गाउँपालिका–४ मा शनिबार साँझ टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१ बस्ने ३८ वर्षीय नारायण सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार ना७ख ४६५८ नंको टिपरबाट माटो झार्ने क्रममा दुर्घटना हुँदा चालक सुवेदीको मृत्यु भएको हो ।

टिपर सडकबाट टिपर ३०० मिटर तल त्रिशूली नदीतर्फ खसेको थियो । टिपर दुर्घटनामा घाइते भएका सुवेदीको उपचारका लागि भरतपुर ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी भक्तपुरमा गुडिरहेको मिनीट्रकबाट खसेर शनिबार साँझ सूर्यविनायक नगरपालिका-९ नं खेलका गणेश ब्याञ्जुको मृत्यु भएको छ। अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिकाको नलिञ्चोकमा मिनीट्रकको पछाडि बसेर यात्रा गरिरहेका ब्याञ्जुको खसेर मृत्यु भएको महानगरीय प्रहरीवृत्त जगातीका प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए।

प्रहरीले मिनीट्रक र चालक भक्तपुर गोल्मढी बस्ने २५ वर्षीय मनिष खायमलीलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको उनले बताए।

त्यस्तै बागलुङको काठेखोला गाउ“पालिका–६ चिरपानीमा शनिबार रुख काट्ने क्रममा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ ।

पर्वत जिल्लाको मोदी गाउ“पालिका–७ रापु घर भई हाल बागलुङको काठेखोला गाउ“पालिकामा ज्याला मजदूरी गरी बस्दै आएका ४५ वर्षीय पूर्णबहादुर सार्कीको उत्तीसको रुख काट्ने क्रममा सोही रुखले च्यापेर घटनास्थलमै मृत्यु भएको हो ।

रुखले च्यापिँदा छातीमा गम्भीर चोट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिए। मृतक सार्कीको शव धौलागिरि अञ्चल अस्पताल बागलुङमा राखिएको र आइतबार शव परीक्षण गरी आफन्तको जिम्मा लगाइने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.