प्लाष्टिकको पोखरीमा डुबेर दुईको मृत्यु

रिपोर्ट नेपाल | 2022 Jul 21 | 07:28 am 1369

स्याङ्जा, साउन ५ः स्याङ्जाको गल्याङमा सिँचाई पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ । गल्याङ नगरपालिका वडा नम्वर ६ स्थित घर नजिकै बनाएको प्लाष्टिकको सिँचाई पोखरीमा खसेकी कामना गुरुङकी छोरी ४ बर्षीया सोफिया गुरुङ र ३३ बर्षीया  बृन्दा गुरुङको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता  रबिन्द्र खनालले जानकारी दिए ।

सोफिया पोखरीमा खसेसँगै उनको उद्धार गर्ने क्रममा बृन्दाको समेत मृत्यु भएको हो । मंगलवार साँझपख खेल्दै गर्दा पोखरीमा बच्चा खसेको देखे पछि बचाउन पोखरीमा पसेकी बृन्दाको बालिकासँगै डुबेर ज्यान गएको प्रहरीको भनाई छ । सिँचाई पोखरी एक लाख लिटर क्षमताको भएको प्रहरीको भनाई छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.