प्लस–टु पढ्ने विद्यार्थीलाई रेसुङ्गा नगरपालिकाले मासिक ४ हजार उपलब्ध गराउने

रिपोर्ट नेपाल | 2022 Aug 05 | 04:16 pm 2425

  • प्रेम सुनार

गुल्मी, साउन २०ः गुल्मीको रेसुङ्गा नगरपालिकाले यस बर्षको एसईई परीक्षमा ३.२ जिपीए भन्दा माथि अंक ल्याई उतिर्ण भई प्लस–टु पढ्न चाहने विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप मासिक ४ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

उक्त बिशेष कार्यक्रमको रेसुङ्गा नगरपालिकाका मयेर खिलध्वज पन्थीले शुक्रबार एक समारोहका बीच घोषणा गरेका हुन् ।

उनले रेसुङ्गा नगरपालिका भित्र घर भएका र पालिका भित्रैका विद्यालयहरुमा कक्षा ११ र १२ सम्म अध्यान गर्ने विद्यार्थीहरुलाई मासिक ४ हजारका दरले रकम उपलब्ध गराउने गरी कार्यक्रम ल्याईएको बताए ।

पन्थीले शिक्षा र स्वास्थ्य विकासको मुख्य आधार भएको बताउँदै बिशेषतः बसाई सराई रोक्नका लागि यो बिशेष कार्यक्रम अगाडी सारिएको सुनाए ।

‘गरिव विपन्न वर्गकका छोरा छोरीहरु आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुँदै आएका छन्, –उनले भने वडाध्यक्षज्युहरु तपाई हामी पनि त्यही वर्गबाट आएका हौं, बजेट कहाँ बाट ल्याउने भन्ने चिन्तै नगर्नुहोस्, जहाँबाट पनि ल्याएरै छाडिन्छ र कार्यविधी अनुसारका विद्यार्थीहरुलाई मासिक ४ हजारका दरले छात्रावृत्ति उपलब्ध गराउने यो कार्यक्रम सफल पारेरै छाडिन्छ । ’

त्यस नगरपालिकाका प्रमुख प्रशसकिय अधिकृत भक्तिराम मरासीनीले मेयर पन्थीले घोषणा गरेको यस कार्यक्रमले बिशेष गरी पढाईका कारण गाउँ छाडेर शहरका विद्यालय जान बाध्य विद्यार्थीहरुलाई रोक्न मद्धत पुग्ने धारणा राखे ।

त्यस पालिकाका शिक्षा शाखा प्रमुख बिष्णुप्रसाद भण्डारीले यस बर्षको एसईई परीक्षामा ३.६ भन्दा माथि ३६ जना र ३.२ भन्दा माथि १०६ जना गरी १४२ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी मासिक ४ हजारका दरले स्कलरशिप स्वरुप सहयोग उपलब्ध गराउने कार्यक्रम रहेको र छिटै कार्यविधी समेत बनाएर कार्यक्रम लागु गर्न लागिएको बताए ।

घोषणा सभालाई सम्बोधन गर्दै मेयर पन्थीले यस अघि नगरपालिकाले अगाडि सारेको निःशुल्क आँखा उपचार गरिने कार्यक्रमले निकै ठुलो सन्देश दिएको , अँस्ती मात्र ८ जना दृष्टि विहिनहरुको सल्यक्रिया गर्दा  उनीहरुले आशिष दिएको र अव छिट्टै गुल्मी अस्पतालमा डाईलसिस गर्ने मेशिन उपलब्ध गराई मुटु लगातका दिर्घ रोगीहरलाई निशुल्क डायलिसस सेवा उपलब्ध गराउँदा गरिव विपन्न वर्गले ठुलो राहतको महशुस गर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.