प्रेस संगठन बागलुङको संयोजकमा आचार्य चयन

| 2021 Mar 07 | 09:20 am 1597

बागलुङ फागुन २३: प्रेस संगठन नेपाल बागलुङको भेला नयाँ नेतृत्त्व चयन गर्दै सम्पन्न भएको छ । भेलाले तारानाथ आचार्य संयोजक रहेको ३५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । समितिको सह संयोजकमा थम्मन थापा सन्देश, दिनेश शर्मा र सचिवमा अनिश खाती रहेका छन ।

त्यस्तै सदस्यहरुमा सज्जन कुमार सिंह, राम प्रसाद घिमिरे, जीवनकला खत्री (सरिता), पूर्णभद्र निउरे, विमल खड्का, खगेन्द्र विश्वकर्मा, योगेश खड्का, योगेन्द्र विश्वकर्मा, देउमाया राना, जीवन पाण्डे, अनिश पाठक, कुम्बिर विश्वकर्मा, केहरसिंह राना, जीत खत्री, रोशन थापा, शान्त खत्री (मौसम), शर्मिला रोका, हेम विश्वकर्मा, आयसा आचार्य, मनीशा शर्मा, कृष्ण सापकोटा, रञ्जिता शर्मा, आयसा आचार्य, गणेश थापा, सुमन सुनार, तिलक घर्तीमगर, धन बहादुर विश्वकर्मा, सुमित्रा सुनार, गोपाल बुढा रहेका छन । अन्य तिन जना सदस्य पछि चयन हुने जनाईएको छ।

भेलाले १९ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । समितिको सदस्यमा निर्मल बहादुर श्रेष्ठ, राजेशचन्द्र राज भण्डारी, बद्री प्रसाद शर्मा, कमल पौडेल, झपेन्द्र क्षेत्री, वीर बहादुर चोखाल, हिमाल शर्मा, राज थापा, वेलुकाजी थापा, महेन्द्र घर्ती (संगम), मुकेशचन्द्र राज भण्डारी, राजु खड्का, कोपिला कँडेल, सूर्य गाैतम, विमला गौतम, राम थापा, मित्र खरेल, कृष्ण कँडेल र ज्ञान बहादुर सिंह रहेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.