प्राविधिक शिक्षालय स्थापनाका लागि मन्त्रालयले सक्दो सहयोग गर्नेः मन्त्री बराल

रिपोर्ट नेपाल | 2018 Oct 09 | 06:46 pm 2596

गुल्मी, असोज २३ : प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्री शुर्दशन बरालले गाउँमा प्राविधिक शिक्षालय स्थापना गर्नका लागि मन्त्रालयले भरपुर सहयोग गर्ने बताएका छन ।

गुल्मी जिल्लाको ईश्मा गाउँपालिका वडा नं २ मा अवस्थित पालुखा माध्यमिक विद्यालयमा कक्षा ११ र १२ संचालनका लागि सोमबार देखि सुरु भएको शैक्षिक तथा धार्मिक महोत्सबको उदघाटन गर्दै मन्त्री बरालले प्राविधिक शिक्षालय स्थापना गर्नका लागि मन्त्रालयले भरपुर सहयोग गर्ने बताए ।

प्रदेश नम्बर ५ को सरकारले पनि अहिले गाउँदेखि शहरसम्म सुविधा सम्पन्न प्रविधिको माध्यमले नै जोड्न सकिने भएकाले त्यसको पनि गृहकार्य मन्त्रालयले गरिरहेको बताएका छन् । गाउँ र शहरलाई जोडने माध्यम भनेकै प्रविधि हो यसलाई मन्त्रालयले गम्भिरताका साथ लिएको बताएका छन ।

मुलुकको साधारण शिक्षा सँगसँंगै प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएकाले गाउँघरमै कृषि जे.टि.ए. लगायतका प्राविधिक शिक्षालाई बिस्तार गरि वर्तमान समयमा युवाहरुले सिरानीमा सर्टिफिकेट राखेर बेरोजगार छौ भन्ने अवस्थाको अन्त्य गर्ने गरि प्रदेश सरकारले कार्य गरिरहेको जानकारी दिएका छन ।

अव गाउँका विद्यालयमा बिज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशालाहरुलाई मध्यनजर राख्दै प्रविधिसँग जोड्ने अवको शिक्षा आवश्यकता भएकाले प्राविधिक शिक्षालाई नै जोड दिई देशमा बिधमान बेरोजगारलाई अन्त्य गर्न सक्ने आधार भएको बताए ।

शैक्षिक तथा धार्मिक महोत्सबबाट उठेको रकमलाई सहि सदुपयोग गरि प्राविधिक शिक्षा स्थापना गर्न र स्थानीय सरकारसंगको सहकार्यलाई जोड दिई प्राविधिक शिक्षा लिनका लागि युवा युवतीहरुलाई शहर जान बाध्य हुने अवस्थाको अन्त्य गर्न समेत मन्त्री बरालले सुझाब दिए ।

२२ गते सोमबार देखी सुरु भएको शैक्षिक तथा धार्मिक महोत्सब ३० गतेसम्म संचालन हुने धार्मिक महोत्सब मुल समारोह समितिले जनाएका छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.