प्राज्ञ नियुक्तिप्रति असन्तुष्टि

रिपोर्ट नेपाल | 2018 Dec 27 | 07:35 am 2533

काठमाडौं, पुस १२ : जनसांस्कृतिक महासङ्घ, नेपाल सहित सात सङ्गठनले नेपाल प्रज्ञा–प्रतिष्ठानको नियुक्तिप्रति असन्तुष्टि जनाएका छन् ।

महासंघका अध्यक्ष सरल सहयात्रीसहित अखिल नेपाल लेखक संघ, अखिल नेपाल जनकलाकार संघ, अखिल नेपाल ललितकला सङ्घ, अखिल नेपाल चलचित्रकर्मी संघ, अखिल नेपाल नाट्यकर्मी सङ्घ, लोकवार्ता परिषद्, नेपाल र इतिहास तथा समाज अध्ययन परिषद्का पदाधिकारीले संयुक्तरुपमा विज्ञप्ति निकाल्दै उक्त प्रतिष्ठानमा गरिएको नियुक्ति सैद्धान्तिक आधारमा नभएको आरोप लगाएका हुन्। सरकारले केही दिनअघि उक्त प्रतिष्ठानमा प्राज्ञ नियुक्त गरेको थियो ।

अध्यक्ष सहयात्रीले प्रष्तिठानमा संस्कृति नबुझेका व्यक्तिलाई नियुक्ति गरिएको जनाउँदै अब नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा नियुक्ति गर्दा वैचारिक र सांस्कृतिक मूल्य मान्यताका आधारमा गर्न माग गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.