काडमाडौं, पुस २ महान्यायधिवक्ता अग्नी प्रसाद खेरलले अपराध न्युनिकराण गर्ने सवालमा अनुसन्धान सबै भन्दा महत्वपूर्ण हुने भएकोले समाचार पम्प्रेषण गर्दा ध्यान दिन पत्रकारलाई आग्रह गरेका छन् ।
बुधबार पुस ४ गते देखि ६ गते सम्म काठमाडौंमा हुने नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनाकर्ता सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलन बारे जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलनमा महान्यायधिवक्ता खरेलले अनुसन्धानको सहजताका लागि संचार जगतको महत्वपूर्ण भूमिका हुने भएकोले अनुसन्धानलाई प्रभावमा पार्ने समाचार प्रवाह नगर्न बताएका हुन् ।
पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अनुसन्धान पद्धतिलाई संस्थागत गर्न सम्मेलनले सहजता पैदा गर्ने कुरामा विश्वस्त रहेको बाताएका थिए । सम्मेलनले समन्वय र सहकार्यको यात्रालाई अझै कसिलो बनाउँदै पीडितलाई न्याय दिलाउन कोशेढुङ्गा बन्ने महानिरीक्षक खनालको भनाई रहेको थियो ।
पुस ४ गते अपरान्ह ४ बजे राष्ट्रिय सभागृहमा सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा अनुसन्धानकर्ता र अभियोजनाकर्ताको पहिलो सम्मेलनबाट पारित भएको घोषणापत्र कार्यान्वयनको समिक्षा गर्दै मुलुकी संहिता समेतका फौजदारी कानून र अन्य कार्यविधि कानूनको कार्यान्वयनको प्रभावकारीता मूल्याङ्कन गरी अपराध अनुसन्धान अभियोजनाको क्षेत्रमा सुधारका लागि साझा धारणा तय गर्ने जनाइएको थियो ।
सम्मेलनमा सरकावादी फौजदारी मुद्दाको अनुसन्धानकर्ता नेपाल प्रहरीका अनुसन्धान अधिकृत ३ सय २० जना अभियोजनाकर्ता सरकारी वकिलहरु २ सय ७० जना र पर्यवेक्षक तथा विधिविज्ञान समेतका ३५ जना गरी ६ सय २५ जनाको सहभागिता रहनेकुरा पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।