काठमाडौं, असोज ४: प्रहरीलार्इ स्थानीय र सर्वसाधारण जनतासँग घुलमिल गराउन विभिन्न आकर्षक नाराहरु बनाइएका छन्। जस्तो प्रहरी मेरो साथी, मुस्कानसहितको प्रहरी सेवा यस्तै यस्तै। तर, पछिल्ला केही घटनाक्रम हेर्दा प्रहरी साथीभन्दा पनि ‘अपराधी’ हो की भन्ने झल्को दिने गरी सर्वसाधारण र असहायमाथि खनिने गरेको छ।
सुर्खेतमा भएको सामूहिक बलात्कार कान्डमा प्रहरी नै मुछियो, त्यसैगरी भक्तपुरको काँडाघारी घुसकान्डमा प्रहरी घुस लिंदालिंदै अख्तियारको फन्दामा परे। त्यस्तै कञ्चनपुमा भएको बलात्कारपछिको हत्या प्रकरणमा पनि प्रहरीको व्यवहारले केही राम्रा र इमान्दार प्रहरीलार्इ लज्जित हुने गरी देखा पर्यो।
तिजको दिन सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक भयो। उक्त भिडियोमा एक सर्वसाधारण महिला, जसले नाङ्लो पसल थापेर साँझ बिहानको छाक टार्छिन र बालबालिकाको सुन्दर भविष्य बनाउन फलफूल व्यापार गर्छिन्। ति महिलाका फलफूलहरु सबै बाटोमा छत्ताछुल्ल पारेर गाली गरेको व्यवहार निकै निन्दनीय थियो। महिलाले रुँदै कराउँदै त्यसो नगर्न आग्रह गरेपनि ती प्रहरीले लगातार ती महिलालार्इ झपारेर पटक-पटक फलफूल फालि दियो। सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियो हेरेर ति प्रहरीको कुर्यताको सबैले आलोचना गरे।
त्यसैगरी सोमबार पनि यस्तै प्रहरीको ज्यादतीको एक भिडियो सामाजिक सञ्जालमा भेटीयो। सोमबार बिहान गोंगबुको विजीमल नजिक रहेको शिव मन्दिर नजिकै रहेका पसल अगाडी अभिएको मानसिक सन्तुलन बिग्रिएको असहायलार्इ प्रहरीले निर्ममतापूर्वक कुटपिट गर्यो।
उक्त भिडियोलार्इ पत्रकार दिल निशानी मगरले मोवाइलमा कैद गरे। उनले फेसबुकमा राखेको उक्त भिडियोको माथि लेखेका छन्, ‘यी दृश्य लिंदा मेरा हात काँपे।’
दृश्य हेर्दा लाग्छ, उनी ठूलै अपराधी हुन् अनि प्रहरी र पसले खनिएका छन्। निशानीका अनुसार पिटाइ खाने व्यक्ति मानसिक रुपमा असन्तुलित लाग्छन् र उनले आफ्नो नाम र ठेगाना बताउन पनि सक्दैनन्।
यी व्यक्ति पसल अगाडि सुत्थे। यसले पसले आउँदा मुड खराव हुन्थ्थो। त्यसैले यी व्यक्तिमाथि पानी खनाइन्थ्यो र भगाइन्थ्यो। स्थानीयका अनुसार रिसमा यी युवकले मुख छाड्थे तथानाम गाली गर्थे।
स्थानीयको कुटपीट त थियो नै। उनीहरुले प्रहरी बोलाए। अशक्त व्यक्तिको संरक्षण गर्ने राज्यको दायित्व बिर्सेर प्रहरी पनि असहाय माथि खनिएको देखेर लाग्छ ‘प्रहरी मेरो साथी’ नभर्इ ‘प्रहरीको लात्ती असहायमाथि’ हो र प्रहरी अपराधी समात्न नसक्दा सर्वसाधारण र असाहय माथि खनिरहेको छ।
डिआइजी हुँदादेखि अपराध र अपराधीलार्इ निर्मुल पार्न ठुलो भूमिका खेलेको भन्दै चर्चामा रहेका सर्वेन्द्र खनाल यतिखेर प्रहरी प्रमुख छन्। अहिले उनी निरिहजस्तै बनेका छन्। विभिन्न अपराजन्य कृयाकलाप गराउने र प्रहरीलार्इ बद्नामी गराएर आइजीपीको साख गिराउन खेलतिर एक गिरोह नै सक्रिय भएको श्रोतको दाबी छ।