प्रहरी प्रधान कार्यालयमा थप २८ जनामा कोरोना संक्रमण

रिपोर्ट नेपाल | 2020 Jul 31 | 01:05 pm 5147

काठमाडौं, साउन १६ः प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पहिले संक्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् स्वाब संकलन गरी परीक्षण गर्दा थप २८ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै प्रहरी प्रधान कार्यालयका कोरोनाभाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको छ । केन्द्रीय कार्यालयका प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार संक्रमितहरूमध्ये अधिकांश सवारी चालक, मेकानिक र मेसमा कार्यरत प्रहरी छन् ।

उनीहरू कसरी कोरोना सर्यो भनेर अहिलेसम्म नखुलेको प्रवक्ता कडायतले बताए ।

संक्रमित प्रहरीहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् २० जनाभन्दा बढीलाई क्वारेन्टिनमा राखिएको उनले जानकारी दिए । हालसम्म देशभर २ सय ५० जना प्रहरी अधिकृतमा कोरोना संक्रमण देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.