प्रहरी निरिक्षकद्वारा सिताराम माविलाई प्रोजेक्टरको स्क्रीन सहयोग

रिपोर्ट नेपाल | 2018 Nov 22 | 06:51 pm 2323

पाल्पा(रामपुर), मंसिर ६ : रामपुर नगरपालिका र निस्दी गाउँपालिकामा रहेका विभिन्न विद्यालयमा इलाका प्रहरी कार्यालय रामपुरले विभिन्न सचेतानामुलक कार्यक्रमहरु गर्दै आएको छ । यस्तै प्रहरी निरिक्षक भोजराज पाण्डेले आफ्नै लगानीमा रामपुर नगरपालिका वडा नम्बर ४ मा रहेको सिताराम मा.विलाई प्रोजेक्टरको एक थान स्क्रीन सहयोग गरेका छन् ।

यस अघि उनले विभिन्न विद्यालयहरुमा सचेतनामुलक प्रशिक्षण कार्यक्रमहरु ट्राफिक नियम, लागुऔषध  र साइवर अपराध सम्बन्धी कक्षा संचालन गरेका थिए ।

विद्यालयमा भएको एक कार्यक्रममा स्क्रीन हस्तान्तरण गर्दै इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेले प्रोजेक्टरको महत्व सबैमा थाहा भएपनि नगरपालिका भित्र कुनै सरकारी तथा गैरसरकारी संघ संस्थामा पनि प्रोजेक्टरको स्क्रीन नभएको र प्रोजेक्टरको प्रयोग गर्दा सेता भित्ता खोज्नुपर्ने अवस्था भएपछि आफुले सिताराम उक्त विद्यालयलाई एक थान स्क्रीन सहयोग गरेको बताए ।

उनले भने यस विद्यालयको प्रोजेक्टरले विभिन्न ठाउँमा कार्यक्रम गर्ने मौका पाएकाले पनि राम्रो गरि प्रोजेक्टरबाट हेर्न समेत यस स्क्रीनले सहयोग गर्ने बताए । कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर पोखरेलले सरकारी कर्मचारी भइकन पनि आफ्नै लगानीमा सामाजिक संस्थासँग सहकार्य र सहयोग गर्ने कर्मचारी कम हुने भन्दै प्रहरी निरिक्षक पाण्डेलाई धन्यवाद दिए ।

विद्यालयका निमित्त प्रध्यानाध्यापक विश्वनाथ भट्टराईले प्रहरी निरिक्षक पाण्डेले सिताराम माविलाई चयन गरेर दिनुभएको प्रोजेक्टर स्क्रीनको सुरक्षाका साथ सही सदुपयोग गर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.