बारा, असोज १४ । जिल्ला प्रहरी कार्यालय बारामा केहि समय अघि सरुवा भएर आएका एसपी सुरेश काफ्लेले शुरुका दिनमा भन्सार छलि गरेर ल्याएका केहि ट्रक समाएपछि यिनले त केही गर्छन की भन्ने सर्वसाधारणालई परेको थियो । तर सर्वसाधारणको त्यो सोचलाई एसपी सुरेश काफ्लेले केहि दिनमै तुहाइ दिएका छन् ।
रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार एसपी काफ्लेले यतिखेर स-साना तस्करलाई समाएर ठूला तस्करलाई लाइन दिन थालेका छन । यसका लागि एसपी काफ्लेले प्रहरी कर्मचारीलाई नभएर विना वर्दीका प्रहरी (नागरीक)लाई लाइन चलाउने अनुमति दिएका छन् ।
एसपीको विश्वासपात्र बनेर तस्करलाई लाइन दिने भाग्यमानीमा जितेन्द्र साह, प्रमोद साह रहेका छन् । यस अघि होविन्द्र वोगटीले जिम्मा दिएका हवल्दार रविन्द्र यादवको समुहलाई हटाएर जितेन्द्र साह र प्रमोद साहलाई प्रयोग गरिएको छ । एसपी काफ्लेले नयाँ सुत्र प्रयोग गरी जिम्मा दिएका साह कल्हैया निवासी हुन् ।
होविन्द्र वोगटिले इलाका प्रहरी कार्यालय बारा गढीका ड्राइभर सहायक हवल्दार रामसेवक ठाकुरलाई आफ्नो चालक बनाएका थिए । ड्राइभर ठाकुरले पुराना सबै ताैर तरिका एसपी काफ्लेलाई सिकाए पछि उनलाई निरन्तरता दिइएको छ । अहिले सहायक हवल्दार ठाकुर दुई जिम्मेवारीमा सकृय छन् । ठाकुरले एसपीको गाडी चलाउने र पैसा उठाउने दुवै काम गरिरहेको समाचार स्रोतको दावी छ । एसपी काफ्लेले नयाँ तरिकाले तस्करको लाइन चलाउन थालेपछि वाराका स्थानीयले जुन जोगी आए पनि कानै चिरेको भन्ने कहानी हाल्न थालेका छन् ।