प्रहरी कार्यालय परिसरमा थुनुवा कक्ष निर्माण

रिपोर्ट नेपाल | 2018 Sep 16 | 02:06 pm 2840

सुनसरी, भदौ ३१ : जिल्लाको धरानस्थित इलाका प्रहरी कार्यालय परिसरमा थुनुवा कक्ष निर्माण गर्न थालिएको छ ।

बढ्दो जनसंख्या बृद्धि, सहरी विकाससँगसँगै नकरात्मक रुपमा फैलिएका अपराधिक क्रियाकलापले गर्दा विभिन्न अपराध जन्य कार्य गर्ने व्यक्तिहरुलाई नियम बमोजिम सजाय कसुर गर्नु पर्ने हुँदा कारागारमा क्षमताभन्दा बढी थुनुवा राख्नुपर्ने बाध्यता छ दुई करोड ७६ लाखको लागतमा ८ कोठे थुनुवा कक्ष निर्माण गर्न लागिएको हो ।

निर्माणमा संलग्न इञ्जिनीयर केवल परियारका अनुसार हालसम्म २० लाख ६ हजार खर्च भएको छ । निर्माण समितिका संयोजक मीन सुब्बा हालसम्ममा निर्माणका लागि २१ लाख ६ हजार सहयोग जुटेको छ । भवन निर्माणको लागत ३३ लाख ९२ हजार रहेको छ ।

थुनुवा कक्ष निर्माण गर्न शनिबार व्यवसायी मणि सुब्बा, गोकुल राई, मनोज विष्ट, दीपक आचार्य, श्याम सोनी, छविलाल काफ्लेलगायतले ६ लाखभन्दा बढी सहयोग गरेका छन् ।

समितिले उक्त भवन आगामी २०७६ साउन १४ गतेसम्ममा निर्माण गरी इलाका प्रहरी कार्यालयलाई हस्तान्तरण गर्ने समितिका संयोजक मीन सुब्बाले बताए। भवनको भुइँतलामा २० जना महिला थुनुवा अटाउने कक्ष तयार गरिँएको ।

माथिल्लो तलामा पुरुष थुनुवाका लागि तीन कोठा निर्माण गरिनेछ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार यस भवनमा ४० जना क्षमताको थुनुवा कक्ष रहेको बताए ।

भवनको गत साउन १४ गते प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले शिलान्यास गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.