प्रहरीले किन छापा मारे होटल याक एण्ड यतीमा !

रिपोर्ट नेपाल | 2019 May 11 | 04:46 pm 2630

काठमाडौं, वैशाख २८: दरबारमार्गस्थित रहेको याक एण्ड यती होटेलमा प्रहरीले छापा मारेको छ। उक्त होटलमा अवैध नेटवर्किङ बिजनेसमा संलग्न गिरोहहरु रहेको सूचना प्राप्त भएपछि प्रहरीले छापा मारेको हो।

अवैध नेटवर्किङ बिजनेसमा संलग्न रहेका १२ जना भारतीय नागरिकलाई उक्त हेटलबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिए। काठमाडौं महानगरीय प्रहरी परिसरका प्रमुख उत्तम सुवेदीका अनुसार यस विषयमा प्रहरीले थप अनुसन्धान थालिएको बताए।

अवैध नेटवर्किङ बिजनेसमा एउटा संगठित गिरोह संलग्‍न देखिएको छ। त्यो गिरोहले याक एण्ड यति लगायतका विभिन्‍न ठाउँलाई माध्यम बनाएर धन्‍दा सञ्‍चालन गरेको प्रहरी प्रमुख सुवेदीले जनाए। यसको अनुसन्‍धानका लागि नेपाल प्रहरी, राष्ट्रिय अनुसनधान विभाग र राजश्‍व अनुसन्‍धान विभागले गर्ने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.