प्रहरीलाई ५०० दिएर कारबाहीबाट बच्न खोज्ने चालक पक्राउ

रिपोर्ट नेपाल | 2019 May 19 | 02:40 pm 2361

काठमाडाैं, जेठ ५ : मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेपछि कारबाहीबाट बच्नका लागि प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने दुईजना पक्राउ परेका छन्। नेपाल प्रहरीकाअनुसार मादक पदार्थ सेवान गरेर मोटरसाइकल चलाउने कागेश्वरी मनोहरा नगरपालिका-९ घर भएका २० वर्षीय भरत केसी र सोही ठाउँ बस्ने यमन दाहाललाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका-३१ तिनकुनेस्थित महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले बा.९५ प ४२९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक केसीले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएकाले कारबाहीबाट बच्न मोटरसाइकलमा सवार यमनले नगद ५०० रुपैयाँ दिइ प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए। त्यसपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.