प्रहरीलाई १५०० घुस दिने सहचालक पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 31 | 04:08 pm 2059

काठमाडौं, पुस १६ : महानगरीय प्रहरी प्रभाग नागढुंगाले डिउटीमा रहेको प्रहरीलाई घुस दिन खोज्नेलाई पक्राउ गरेको छ ।

प्रहरीले बुटवलबाट काठमाण्डौ आउँदै गरेको लु १ख ९४६९ नम्ब्र को यात्रुवाहक बसका सहचालक रुपन्देही बुटवल नगरपालिका २ घर भएको २८ वर्षीय राम बहादुर सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले डिउटीमा रहेका प्रहरीलाई चेकजाँचको क्रममा नगद रु। १५०० घुस दिन खोज्दा उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.