प्रहरीलाई दुर्व्यवहार गर्ने दुई जना पक्राउ

| 2023 Jul 30 | 02:31 pm 3145

रुपन्देही, साउन १४। जनताको जिउ धनको सुरक्षाका लागि अहोरात्र खट्ने प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा सियारी गाउँपालिका-७ अमुवा बस्ने ३० वर्षीय लाल बहादुर थारु र ४० वर्षीय जित बहादुर थारुलाई प्रहरीले पक्राउ गरेको छ ।

सियारी गाउँपालिका-७ अमुवास्थित जनता माध्यमिक विद्यालय अमुवा रुपन्देहीको खेल मैदानमा प्रथम अमुवा सांस्कृतिक रमाईलो मेलामा उनीहरु दुवै जना झगडा गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा प्रहरी टोली माथि नै दुर्व्यवहार गरेकोले उनीहरुलाई पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.