काठमाडौं, माघ १७ : देशमा नयाँ नीति नियम लागू भयसँगै अव नेपालको सुरक्षाका निम्ति खटिने प्रहरी जवान भर्नामा पनि नयाँ नियम लागू गरेको छ ।
नयाँ जवान भर्ना हुन कम्तीमा पनि एसईई अनिवार्य पास गर्नुपर्ने भएको छ । यस भन्दा अघिको नियम अनुसार आठ कक्षा पास भएकाले प्रहरी जवानमा भर्ना हुन पाउने व्यवस्था थियो । त्यो व्यवस्थालाई परिवर्तन गर्दै नयाँ नियम लागू गरेको छ ।
प्रहरी नियमावली २०७१ मा रहेको उक्त व्यवस्थालाई संशोधन गर्दै जवानमा भर्ना हुनका लागि एसइई पास हुनपर्ने व्यवस्था अगाडी ल्याइएको
छ । यो नयाँ नियमावली संशोधनको उक्त सूचना सरकारले राजपत्रमा समेत प्रकाशित गरिसकेको छ।
