प्रहरीद्वारा १५ सय गाँजाको बोट नष्ट

रिपोर्ट नेपाल | 2018 Dec 31 | 02:32 pm 2193

सिरहा, पुस १६ : ईलाका प्रहरी कार्यालय गोलबजारले विभिन्न व्यक्तिको खेतबारीमा लागाएको गाँजा फडानी गरी नष्ट गरेको छ । गोलबजार नपा २ र १० का विभिन्न व्यक्तको खेतबारीमा लगाइएको करिव १५ सय बोट गाँजा फडानी गरी ल्याएको गाँजा इलाका प्रहरी कार्यालय गोलबजारमा आइतबार नष्ट गरेको हो ।

विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर नविनकुमार घिमिरेको नेतृत्वमा गएका टोलीले गाँजा फडानी गरी प्रहरी कार्यालयमा ल्याएको जनाएको छ । हिजै बेलुका ल्याएको गाँजाको बोट आज स्थानीय जनप्रतिनिधी, व्यपारसंघका प्रतिनीधि तथा सञ्चारकर्मीहरुको उपस्थितिमा नष्ट गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.