रौतहट, कात्तिक १८ः अवैध रुपमा संचालन गरिरहेको मदिरा उत्पादन गर्ने भट्टी प्रहरीलेद्वारा नष्ट गरी भट्टी संचालकलाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा कटहरिया नगरपालिका १ भसेड्वा पानी ट्याङकी टोलका २४ वर्षीय रामजी कुमार यादव रहेका छन् । उनले आफ्नै एक तल्ले खपडाको कच्ची घरमा संचालन गर्दै आएको अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।
भट्टीमा रहेको करिब २ सय लिटर कच्चा पदार्थ नष्ट गरी मदिरा उत्पादन गर्ने मेसिन ३ थान, सिलभरको तस्ला ३ थान, टिनको हाफ ड्रम १ थान समेत बरामद गरी आवश्यक कारवाहीको लागी आन्तरीक राजश्व कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको उनले बताए ।