काठमाडौँ १८ पुष / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले प्रहरीले अनावश्यक हस्तक्षेप गरेको भन्दै
बुधबार काम रोकेर विरोध जनाएका छन् ।
विमानस्थल अध्यागमनका कर्मचारीले करिब आधा घण्टाभन्दा बढी समय काम रोकेर विरोध जनाएका थिए । कर्मचारीहरुले डेस्क खाली गरेर काम नगरेपछि विमानस्थलमा विदेश जाने तयारीमा रहेका यात्रुहरुले सास्ती भोग्नुपरेको थियो ।
अध्यागमनका कर्मचारीहरुसँगको सेटिङमा भिजिट भिसामा मानिसहरुको तस्करी हुने गरेको देखिएको भन्दै प्रहरीले विमानस्थलमा निगरानी बढाएको छ । अध्यागमनका कर्मचारीले प्रहरीको अनावश्यक हस्तक्षेप भएको भन्दै विरोध जनाएका हुन् ।