कञ्चनपुर, भदौ १० : १३ बालिका निर्मला पन्तका हत्यारालाई कारबाही मागसहित प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट मारिएका किशोर सन्नी खुनालााई अन्त्येष्टि गरिएको छ । आज बिहान महाकाली किनारमा राष्ट्रिय झण्डा ओढाएर सन्नी खुनाको अन्त्येष्टि गरिएको हो ।
सन्नी खुनाको अन्त्येष्टि अघि सात नम्बर प्रदेश सभामा नेपाल कम्युनिस्ट पार्टीका सचेतक सांसद तारा तामाङले राष्ट्रिय झण्डा ओढाइदिएका थिए। त्यस क्रममा प्रहरीको एक टुकडीले सन्नी खुनालाई शोक सलामी पनि दिएको थियो । नेपाल प्रहरीले समेत सलामी दिएको थियो ।
संघीय मन्त्रिपरिषद्को शनिबार राति बसेको आकस्मिक बैठकले सन्नीलाई सहिद घोषणा समेत गरेको थियो । उनको परिवारलाई १० लाख रुपैयाँ दिने समेत घोषणा गरेको छ ।