प्रहरीको गोली लागि घाइते भएका घिमिरेको मृत्यु

| 2019 May 22 | 11:51 am 1871

भोजपुर, जेठ ८: प्रहरीको गोली लागेर घाइते भएका विप्लव कार्यकर्ताको मृत्यु भएको छ । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार प्रहरीको गोली लागेर विप्लव कार्यकर्ता तीर्थराज घिमिरे घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिए ।

षडानन्द नगरपालिका–२, कुदाककाउलेका ३२ वर्षीय घिमिरेको तिघ्रामा गोली लागेको थियो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान लगिँदै गर्दा उनको बाटैमा मृत्यु भएको बुझिएको छ ।

भोजपुर नगरपालिकास्थित भैसीपंखाको आइतबारे भीर नजिकै खसेको पहिरोले बाटो अवरुद्ध भएपछि समयमा अस्पताल पुर्‍याउन नसकिएको प्रमुख जिल्ला अधिकारी खतिवडाको भनाई छ । प्रहरीले मुठभेडका क्रममा गोली लागेर घिमिरे घाइते भएको दाबी गरेको छ । तर, विप्लव समूहले आफ्नो कार्यकर्तालाई नियन्त्रणमा लिएर मारेको दाबी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.