काठमाडौं, जेठ ६: लामो सयमदेखि प्रहरी खोजीको सूचिमा रहेका विष्णु तामाङलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिन खोज्दा जवाफी फायरपछि नियन्त्रणमा लिइएको बुझिएको छ ।
काठमाडौंकोटोखाबाट नियन्त्रणमा लिने क्रममा चलाइएको गोलीले उनको घुँडामा लागेको थियो । प्रहरीको नोटीसमा खुन्खार डाँकाको रुपमा रहेको काले भन्ने विष्णु तामाङको वीर अस्पतालमा उपचार भइरहेको बुझिएको छ ।